पाल्पाको तल्लो कोलडाँडामा भाेलि ‘साँस्कृतिक सन्ध्या’

पाल्पा | असोज ३०, २०८१

पाल्पाको तल्लो कोलडाँडामा भाेलि ‘साँस्कृतिक सन्ध्या’

पाल्पा:  पाल्पाको बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा संस्कृति संरक्षण गर्ने  उद्देश्यसहित भाेलि पूर्णिमाको दिन (१ गते बिहीबार) विविध साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

 

स्थानीय स्तरमा सक्रिय माउण्ट एभरेष्ट युवा क्लबले विजयादशमीको अवसरमा ‘संस्कृति र पहिचानको जगेर्ना गरौं, पुख्र्यौली इतिहासलाई संरक्षण गरौं भन्ने नारासहित सांस्कृतिक सन्ध्याको आयोजना गरिने क्लबका अध्यक्ष दान बहादुर रानामगरले जानकारी दिए । 

 

अध्यक्ष रानामगरका अनुसार मगर समुदायमा प्रचलित कौडा, सालैजो, चुट्का तथा झ्याउरे लगायतका नृत्यहरु स्थानीय कलाकारले प्रस्तुत गर्नेछन् । 

 

उक्त कार्यक्रम सहिद केवल गाहा स्मृति खेलमैदाममा बेलुकी ८ बजे सुरु हुनेछ ।

 

‘हाम्रो गाउँमा शत प्रतिशत मगर जातिको बसोबास छ । त्यसैले मगर भाषा, कला धर्म तथा संस्कृति विगत धेरै समयदेखि जिवितै छ, अध्यक्ष रानामगरले भने, ‘त्यसैले यसको जगेर्ना गर्न हरेक वर्ष विविध साँस्कृतिक कार्यक्रम आयोजना लागेका हाैं । यसले गाउँलाई चिनाउन मात्रै नभई पुख्र्याैली इतिहासलाई उजागर गर्न टेवा पुग्ने विश्वास छ ।’

 

उक्त क्लबले संस्कृतिको संरक्षणको क्षेत्रमा मात्रै नभई सामाजिक तथा खेलकुदको क्षेत्रमासमेत काम गर्दै आएको छ ।

 

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्

मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

थप पढ्नुहोस्